काठमाण्डौं। राजावादी प्रदर्शनमा हिंसात्मक घटना घटाएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाई अहिले हिरासतमा छन्। गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका हुन्। उनी बन्दी जीवनमै भए पनि धम्की पूर्ण अभिव्यक्ति दिने क्रम रोकिएको छैन।
उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा गणतन्त्रवादीलाई अपराधी भन्दै अत्याचार, भ्रष्टाचार, तस्करी, विरुद्ध बोली रहने र लडिरहने बताएका छन्। उनले नेपालमा शान्ति होस् भनेर म राजा र धर्म खोजिरहेको दाबी गरेका छन्।
