Comments Add Comment

दिवा खाजाबाट २८ लाख विद्यार्थी लाभान्वित हुने, छात्रवृत्तिमा छुट्यो २ अर्ब बजेट

काठमाण्डौं। सरकारले आगामी वर्ष दिवा खाजाबाट २८ लाख विद्यार्थी लाभान्वित गराउने योजना बनाएको छ।  ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको दिवा खाजा कार्यक्रम अघि बढाउँदै आएको सरकारले १० अर्ब १९ करोड रकम विनियोजन गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। छात्राका लागि निःशुल्क सेनिटरी प्याडको व्यवस्था गरिएको उनले बताए ।

शिक्षालाई गुणस्तरीय बनाउने र शिक्षक अभाव हुन नदिन ‘शिक्षक वैंक’को पनि स्थापना गर्ने उनले बताए। सरकारले छात्रवृत्ति कार्यक्रमको लागि २ अर्ब ४४ करोड बजेट विनियोजन गरेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ