काठमाडौँ — साहित्यकार विजय चालिसेको शुक्रबार निधन भएको छ । चालिसेको ७४ वर्षको उमेरमा आज बिहान साढे ९ बजे निधन भएको हो । नेपाल मेडिकल कलेज अत्तरखेलमा उपरचारको क्रममा चालिसेको निधन भएको साहित्यकार बाजुराम पौडेलले बताए ।
गोकर्णेश्वर नगरपालिका–९ निवासी चालिसेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा अन्त्येष्टी गरिने जनाईएको छ ।
२००८ साल असार २२ गने जोरपाटीको आरुबारीमा जन्मिएका चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्व प्रधान सम्पादकसमेत हुन् ।
रमेश विकलका सुपुत्र विजय चालिसेका पत्रकारिता, आख्यान, विज्ञान आख्यान एवं बालसाहित्य समेत दर्जनौं किताब छन् ।
केही समयअघि उनको 'युगसन्धि' नामक उपन्यास प्रकाशित छ । यो उपन्यास विजयले आफूले अघिल्लो कृतिको १० बर्षपछी ल्याएको बताएका थिए ।
पशुपति बहुमुखी क्याम्पस लगायत स्कुल, क्याम्पसमा प्राध्यापन समेत गरेका साहित्यकार चालिसे प्रेस चौतारी नेपालका संस्थापक अध्यक्ष समेत हुन् ।