काठमाण्डौ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसवर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ अग्रज कलाकार डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरेको छ । १ लाख ५० हजार नगद र सम्मानपत्र रहेको अरनिको ललितकला प्रज्ञा सम्मान प्रमुख अतिथी पर्यटन तथा संस्कृतिमन्त्री बद्री पाण्डेले प्रदान गरेका हुन्।
‘सहिद कलाकार अनिल लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ कलाकार अस्मिना रञ्जित र ‘सहिद कलाकार बाबुराम लामा स्मृति (ललितकला) पुरस्कार २०८१’ गङ्गाधर सारुलाई प्रदान गरिएको छ । यो पुरस्कारमा ५०/५० हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको थियो भने राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिएको छ ।
ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३०÷३० हजार र सम्मानपत्र रहेको छ । ललितकला प्रवद्र्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरियो । सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल (परम्परागत चित्रकला)लाई प्रदान गरिएको छ । पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक÷आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शंकरकुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प–हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्र्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफलप्रकाश श्रेष्ठलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरि शेर्पा (परम्परागत चित्रकला), मधेसबाट सोनाम सिंह भ्लोन (हस्तकला) बागमतीबाट रीना शाक्य (परम्परागत चित्रकला), गण्डकीबाट दलबहादुर गुरुङ (समसामयिक चित्रकला), लुम्बिनीबाट लिलाधर केसी (समसामयिक चित्रकला), कर्णालीबाट कुमारी सिता मल्ल (समसामयिक चित्रकला), सुदूरपश्चिमबाट रमेश कडायत (समसामयिक चित्रकला)लाई प्रदान गरिएको छ । पुरस्कारको ५० हजार नगद र सम्मानपत्र रहेको छ ।
त्यस्तै, प्रादेशिक ललितकला पुरस्कार समसामयिक चित्रकला विधातर्फ कोसीबाट महेन्द्र राई, मधेसबाट युगेश घिमिरे, बाग्मतीबाट सुन्दर लामा, गण्डकीबाट मनोज तामाङ, लुम्बिनीबाट आकाश बुढा मगर, कर्णालीबाट थुक्तेन लामा, सुदूरपश्चिमबाट दिपक आउजी, समसामयिक मूर्तिकलातर्फ कोसीबाट सुमन राई, मधेसबाट योगेन्द्र पण्डित कुम्हार, बागमतीबाट करुणा श्रेष्ठ, गण्डकीबाट रिहाना परियार, लुम्बिनीबाट बुद्ध थारू, कर्णालीबाट टोपेन्द्र डाँगी, सुदूरपश्चिमबाट महेन्द्र पुन मगर, परम्परागत चित्रकला विधातर्फ कोसीबाट दावा साङ्मु शेर्पा, मधेसबाट सोनम सिंह भ्लोन, बागमतीबाट रोशन ख्याजु, कर्णालीबाट सोनाम डोल्मा तामाङ, परम्परागत मूर्तिकलातर्फ कोसीबाट प्रतिक मञ्जुल बराइली, बागमतीबाट महेश शिल्पकार, शिल्प–हस्तकलातर्फ कोसीबाट शिव छाङ्छा (शिवकुमार राई), मधेसबाट सन्तोष यादव, बागमतीबाट सरोज सुनार, गण्डकीबाट विष्णु मुक्तान तामाङ, लुम्बिनीबाट बाल गोविन्द त्रिपाठी, कर्णालीबाट सोविन शाही, सुदूरपश्चिमबाट लालबहादुर कुमाल, वास्तुकला तथा लोककलातर्फ कोसीबाट माधवी कर्ण, मधेसबाट आरतीकुमारी साह, बागमतीबाट युनेस नापित श्रेष्ठ (वास्तुकला), लुम्बिनीबाट संचिता अग्रहरी, सुदूरपश्चिमबाट मित्थु थारू, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत प्रतिस्थापन कलामा बागमतीबाट विनयबहादुर रिमाल क्षेत्री, कला फोटोग्राफीमा कोसीबाट अर्जुन कुलुङ राई, मधेसबाट प्रशान्त चौधरी, गण्डकीबाट सृजना भुर्तेल, लुम्बिनीबाट मनी राम पन्थ र सुदूरपश्चिमबाट माधव ओझालाई पुरस्कृत गरिएको छ । यी पुरस्कारको राशि ३०/३० हजार रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर बिकलाई प्रदान गरिएको छ । पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि पनि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यस वर्षको प्रतिष्ठानको उत्कृष्ट कर्मचारी सम्मान धनबहादुर श्रेष्ठ र सिर्जना तामाङ राईलाई प्रदान गरियो ।
‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को उद्घाटनको दिन हिजो जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
बिहिबारबाट प्रतिष्ठानको प्रदर्शनी कक्षमा आयोजित ललितकला राष्ट्रय प्रदर्शनी-०८२ जेठ ३० गतेसम्म चल्ने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले बताए ।