Comments Add Comment

नायिका दिव्या रायमाझी भइन् डिसहोम इन्टरनेटको ब्राण्ड एम्बासडर

काठमाडौं । अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम ईन्टरनेटले अभिनेत्री दिव्या रायमाझीलाई आफ्नो ब्रान्ड एम्बेसेडरमा नियुक्त गरेको छ । डिशहोमको कर्पोरेट कार्यालय भैंसेपाटीमा एक विशेष कार्यक्रममा रायमाझी र डिशहोम ईन्टरनेटका तर्फबाट प्रमुख बजार अधिकृत संजय प्रसाद राजभण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

डिशहोम ईन्टरनेटले नयाँ पुस्तामाझ लोकप्रियता बढ्दै गरेकी अभिनेत्री रायमाझीको ताजगीपूर्ण छवि, डिजिटल चेतना र युवामाझको सशक्त प्रभावलाई आफ्नो ब्रान्ड दृष्टिकोणसँग जोड्ने उद्देश्य लिएको बताएको छ । कम्पनीले डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नराखी, सामाजिक र प्रेरणादायी सन्देशसँग समेत जोड्ने लक्ष्य राखेको उल्लेख गरेको छ ।

सम्झौता कार्यक्रममा डिशहोम ईन्टरनेटका प्रमुख बजार अधिकृत राजभण्डारीले भने, ‘हामी डिजिटल कनेक्टिभिटीलाई केवल प्रविधिमा सीमित नगरी, यो पुस्ताको प्रेरणासँग पनि जोड्ने प्रयास गर्छौं। दिव्या रायमाझी युवाको आवाज, आत्मविश्वास र डिजिटल भविष्यको प्रतीक हुन्। उनीसँगको सहकार्यले हामीलाई नयाँ पुस्तासँग अझ सशक्त रुपमा जोड्न मद्दत पुर्‍याउनेछ ।’

नव नियुक्त ब्रान्ड एम्बेसेडर दिव्या रायमाझीले डिशहोमसँगको सहकार्यलाई गौरवको विषय बताउँदै भनिन्, ‘डिशहोम ईन्टरनेट जस्तो द्रुत गतिमा अगाडि बढिरहेको ब्रान्डको प्रतिनिधित्व गर्न पाउनु मेरो लागि गर्वको विषय हो। यो सहकार्य केवल एउटा ब्रान्डसँगको सम्बन्ध मात्र होइन, लाखौं नेपालीसँगको डिजिटल यात्राको सुरुवात पनि हो।’

हाल डिशहोम ईन्टरनेटले देशभर ३ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । साथै, ‘माई डिशहोम’ मोबाइल एपमार्फत कम्पनीले ग्राहक सेवालाई थप स्मार्ट, सहज र आधुनिक बनाएको छ ।

यस सहकार्यमार्फत डिशहोम ईन्टरनेटले युवा पुस्तासँगको सम्बन्ध अझ सुदृढ गर्ने र डिजिटल कनेक्टिभिटीलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्यलाई मजबुत बनाउने उद्देश्यमा बल पुग्ने विश्सास लिएको छ ।
दिव्या रायमाझी अभिनेता दिलिप रायमाझी पुत्री हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ