Comments Add Comment

गीतकार गणेश रसिकलाई १ लाख ५१ हजार नगद सहित अमरभावना राष्ट्रिय सम्मान

काठमाण्डौ । गीतकार सङ्घ नेपालले १६ औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । संघले विभिन्न स्रष्टालाई सम्मान एवम् पुरस्कार प्रदान गर्दै स्थापना दिवस मनाएको हो ।  
संघले यस वर्ष प्रतिष्ठित गीतकार गणेश रसिकलाई अमरभावना राष्ट्रिय स्रष्टा सम्मानद्वारा सम्मातनितगरेको छ । कार्यक्रममा उपस्थित हुन नसकेका विशिष्ट गीतकार रसिकलाई निवासमा नै पुगेर नगद रु १ लाख ५१ हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाएर ससिकलाई सम्मान गरिएको हो । राल्फाली समूह, हिमाली समूहका गीतकार, संगितकार, कवि एवम् आख्यानकार रसिक पछिललो समय क्यान्सर रोगसित जुधिरहेका छन् । 


त्यस्तै, यस बर्षको  डायस्पोरा गीतकार सम्मान बिदेशमा बसी नेपाली गीतलेखनमा योगदान पु¥याएकोमा अमेरिकामा बसोबास गर्ने गीतकार दिलिप योन्जन तामाङलाई नगद रु १५,००० सहित सम्मान गरिएको छ भने बिष्णुमन्सरा घले मातृभाषा गीतकार सम्मानबाट मगर भाषाका गीतकार सन्जोग लाफा मगरलाई नगद रु २५,२५२ सहित पुरस्कृत गरिएको छ ।
बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा संघमा आवद्ध सदस्यमध्ये ८० बर्षभन्दा जेष्ठ गीतकार हरिभक्त बुढाथोकी ८६ बर्ष लाई नगद रु ५, ५५१ सहितसम्मान–पत्र र दोसल्ला ओढाई सम्मान गरियो ।

 

कार्यक्रममा यस बर्ष भैरवनाथरिमाल९कदम० बर्षगीत पुरस्कारबाट नगदसहित गीतकारद्वय डा। ओमकृष्णप्रसाईं र ध्रुब खनाल रु। ५७००० सहित पुरस्कृत भए भने जगतमर्दन थापा बर्षगीत पुस्तक पुरस्कार २०८१ गीतकारद्वय त्रिविक्रम पाण्डे र गीतकार हिमांशु रायलाई नगद रु। ५७,००० सहित सम्मान प्रदान गरियो ।

त्यस्तै साहित्य एवम गीत सङ्गीत जस्ता वौद्धिक सम्पतिको संरक्षण गर्नकालागि प्रतिलिपि अधिकारलाई कार्यान्वयन गर्न उल्लेख्य भूमिका खेलेकाले गीतकार एवम् नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक टेक तामाङ्लाई बौद्धिक सम्पति संरक्षण सम्मान अर्पण गरियो । त्यस्तै संघको कार्यालय संचालनमा भौतिक सहयोग पुर्याए वापत एलेन ठूलेलाई पनि सम्मान प्रदान गरियो । सोहि समारोहमा यस बर्ष गीतकार संघ नेपालको आजीवन सदस्यता प्राप्त गीतकारहरुलाई प्रमाण–पत्रसमेत वितरण गरिएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यता र संघका अध्यक्ष बसन्त बित्यासी थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले गीतकार संघ नेपाल गीतकार संघका सदस्य गीतकारहरुको हकहितमा स्थापित पवित्र संस्था रहेको र नेपालको लोकतान्त्रिक व्यवस्थाको मर्मअनुसार बिभिन्न भाषाभाषिका गीतहरुले समेत गरिमामय स्थान पाएकोमा खुसि व्यक्त गरे ।
संघका उपाध्यक्ष रमेश कोइरालाको स्वागतबाट सुरु भएकोकार्यक्रमको सहजिकरण संचारकर्मी एवम् संघका आजीवन सदस्य हेम सुवेदीले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ