Comments Add Comment

माओवादी केन्द्रका पैंतीस कमाण्डर, को-को कहाँ ?

काठमाडौं । १३ भदौ, २०७९

नेकपा माओवादी केन्द्रले बागमती प्रदेशका निर्वाचन क्षेत्रमा आफ्नो चुनावी कमाण्डर तोकेको छ । ललितपुरमा आइतबार बसेको बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेशको पदाधिकारी बैठकले  बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमा आफ्ना चुनावी कमाण्डर खटाउने निर्णय गरेको हो । यही मंसिरमा सम्पन्न हुने निर्वाचनलाई केन्द्रमा राखी माओवादी केन्द्रले चुनावी कमाण्डर तोकेको हो ।


चितवन-१ मा कन्चन खनाल, चितवन - २ मा घनश्याम दाहाल र चितवन - ३ मा  रेनु दाहाल, काठमाडौं -१ मा अनिल शर्मा, २ मा कुमार पौडेल, ३ मा बद्री बजगाईं, ४ मा गोविन्द बटाला, ५ मा कल्पना शर्मा, ६ मा हिमाल शर्मा, ७ मा रामबाबु फुयाल, ८ मा सरिता श्रेष्ठ, ९ मा शंकर दुलाल 
१० मा अञ्जना विसङ्खेलाई निवाचनको कमाण्डर तोकेको छ ।

काठमाडौं महानगरभित्रको सबै चुनावी कमाण्ड मुक्ति प्रधानले सम्हाल्ने छन् । यस्तै भक्तपुर १ मा देवेन्द्र श्रेष्ठ र डीपी ढकाल, भक्तपुर २ मा दिलीप प्रजापतिले जिम्मेवारी पाएका छन् । यता ललितपुर १ मा गंगा पराजुली, २ मा उर्मिला लामा र ३ मा हरि दाहाल र पद्मा राईले चुनावी नेतृत्व सम्हाल्ने छन् ।

धादिङमा शालिकराम जमकट्टेल, काभ्रेमा  सूर्यमान दोङ र रुकु चौलागाई, सिन्धुपाल्चोकमा माधव सापकोटा र शरद दुलालले चुनावी मोर्चाको कमाण्ड गर्ने छन् । यस्तै दोलखामा देवी खड्का, रामेछापमा श्यामकुमार श्रेष्ठ र रसुवामा इन्द्र गोतामेले जिम्मेवारी पाएका छन् । 

माओवादीले सिन्धुलीमा दीर्घराज श्रेष्ठ र वसन्त माझी, मकवानपुर १ मा विजय गौतम, २ मा कुमारी मोक्तान, नुवाकोट १  हितबहादुर तामाङ र, २ मा विमला सुवेदीले चुनावी कमाण्ड सम्हाल्न भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ