Comments Add Comment

साहित्यकार भाग्यशालीको हृदयघातका कारण निधन

काठमाण्डौ । साहित्यकार भाग्यशाली अधिकारीको आइतबार राती निधन भएको छ । हृदयघातका कारण अधिकारीको निधन भएको हो ।
बेलुकी ९ बजेको आसपास गंगालाल हस्पिटल बाँसबारी पुर्‍याउने बित्तिकै सामाखुशी साहित्य प्रतिष्ठानका अध्यक्ष भाग्यशालीको चिकित्सकले मृत घोषणा गरेका गरेका थिए । भाग्यशाली अधिकारीका धर्मपत्नी शशिकला, तीन छोरी र एक छोरा छन् ।
हाल साहित्यकार भाग्यशाली अधिकारीको शव काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा राखिएको भाञ्जा अरुण पोखरेलले बताए ।

भाग्यशालीका एक मात्र छोरा अमेरिकामा छन् । त्यहाँबाट विदा लिएर आउन समय लाग्ने भएकोले शव केएमसीमा राखिएको हो । अन्तिम श्रद्धाञ्जलीसहित अन्त्येष्टी कार्यबारे अन्यौल रहेको अरुणले १०१ खबरसित बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ