काठमाण्डौं। राजावादीहरूले आज आन्दोलन नगर्ने भएक छन्। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीजस्ता एजेन्डा लिएर जेठ १५ गतेदेखि समितिको आह्वानमा ‘जनआन्दोलन’ भइरहेको थियो।
समितिको उक्त कार्यक्रमलाई राप्रपा, राप्रपा नेपाल, राष्ट्रिय शक्ति नेपाललगायत दल तथा समूहहरूले समर्थन जनाएका थिए भने काठमाडौंका विभिन्न स्थानमा दिनहुँ प्रदर्शन भइरहेको थियो। समितिले राजसंस्था पुनर्स्थापनालगायत माग पूरा नभएसम्म अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेको थियो। तर आज भने राजावादीहरूले आन्दोलन शोकमा परिणत गर्ने भएका छन्। धर्ना तथा जुलुस नगर्ने उनीहरूको भनाइ छ।
संयोजक सुवेदीले विज्ञप्ति जारी गर्दै राजा वीरेन्द्रको परिवारको हत्या भएको स्मृतिमा आज शोकमा साँझ दीप प्रज्ज्वलन गरिने उल्लेख गरेका छन्। राजा वीरेन्द्रको परिवारको २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्या भएको थियो। उक्त हत्या कसले गरेको अहिलेसम्म यकिन छैन।
