Comments Add Comment

सदनमा गतिरोध हटाउन संवादमा जुटे ओली, देउवा र प्रचण्ड, साथमा लेखक

काठमाण्डौं। संसद्‍मा देखिएको गतिरोध लगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्ष नेताहरुको छलफल जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखकले राजीनामा दिएर छानबिनका लागि तयार हुनुपर्ने प्रमुख विपक्षी दल माओवादी केन्द्रसहितका विपक्षी दलको माग छ। उनीहरुले यसै विषयलाई लिएर संसद् अवरोध समेत गर्दै आएका छन्।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ