Comments Add Comment

सडक बन्द गर्ने १५ जना नियन्त्रणमा

काठमाण्डौं।  काठमाडौँसहित देशभरका विभिन्न क्षेत्रमा बन्द गराउँदै हिँडने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौँ उपत्यकालगायत विभन्नि क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए। 

उनीहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। यातायात व्यवसायीले गाडी नचलाएर बन्द गर्दा देशभरको यातायात सेवा प्रभावित भएको छ। प्रहरीले अड्किएका गाडीलाई स्कटिङ गरेर गन्तव्यतर्फ पठाएको छ भने उपत्यकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले निस्शुल्क बस सेवा सञ्चालन गरेको छ। 

उपत्यकामा साझा बस भने न्यून मात्रामा चलिरहेको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ