काठमाण्डौं। काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुखको जिम्मेवारी विष्णु जोशीले पाएका छन्। मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले राजुनाथ पाण्डेलाई निलम्बन गरी नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई दिएका हुन्। गुरागाईंका अनुसार जोशीलाई छ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ।
चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत सोमबार पाण्डेले आफूले आफ्नो कर्तव्य पालना मात्रै गरेको उल्लेख गर्दै स्पष्टीकरण बुझाएका थिए।
