Comments Add Comment

एनसेलको सेवा अवरुद्ध, अझ बोलेन एनसेल

काठमाडौं । १३ भदौ, २०७९

निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवाबाट नेटवर्कभित्र फोन नलाग्ने र अन्य नेटवर्कमा समेत फोन, एसएमएस नहुने तथा इन्टरनेट नचल्ने समस्या देखिएको हो । सोमबार बिहान करिब ११ बजेदेखि अवरुद्ध कम्पनीको दूरसञ्चार सेवा अझै खुल्न सकेको छैन । 

समस्या के भएको बुझ्न पठाइएको नेपाल दूरसञ्चार प्राधिकरणका महानिर्देशक अर्जुन घिमिरेले जानकारी दिए ।  ‘दूरसञ्चार सेवा प्रदायक एनसेलमा के भएको हो, अहिलेसम्म जानकारी पाएका छैनौं । एनसेल नेटवर्कभित्र फोन लागिरहेको छैन, के भएको हो सो बुझ्न कर्मचारी पठाइसकेका छौं’ घिमिरेले भने ।  यसबारेमा कम्पनीले कुनै सूचना वा धारणा सार्वजनिक गरेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर