Comments Add Comment

राजा रघुवंशी हत्याकाण्डमा सनसनीपूर्ण खुलासा: प्रेमीसित मिलेर आफ्नै पतिको हत्या

काठमाडौँ । भारतीय प्रान्त मध्य प्रदेशको इन्दौरबाट हनिमुन मनाउन मेघालय पुगेको नवविवाहित जोडीको रहश्यमय कहानी सार्वजनिक भएको छ । इन्दौरवासी राजा रघुवंशीको हत्या अनुसन्धानका क्रममा दर्दनाक एवम् सनसनीपूर्ण खुलासा भएको हो।

भारतीय सञ्चारमाध्यका अनुसार नवविवाहित पत्नी सोनम र उनका प्रेमी राज कुशवाहा मिलेर इन्दौरवासी राजा रघुवंशीको हत्या गरेको तथ्य फेला परेको छ । मेघालय प्रहरीले उनको हत्याकाण्डमा कुशवाहासहित अन्य तीन जना विक्की ठाकुर, आनन्द र आकाशलाई पनि गिरफ्तार गरेको छ। नवविवाहित युवती सोनमसमेत पक्राउ पर्नेको संख्या ५ पुगेको छ। 

पति राजा रघुबंशीको हत्या-षड्यन्त्र सोनम स्वयमले रचेको दाबी प्रहरीले गरेको छ। हनिमनुको बहानामा उनले प्रेमीसँग मिलेर मध्य प्रदेशका ३ जनालाई भाडामा लिएर आफ्ना पतिको हत्या गराएको आरोप छ।

प्रहरीसित सोधपुछका क्रममा सोनम रघुवंशीले राज कुशवाहासँग आफ्नो पहिलेदेखि प्रेम सम्बन्ध रहेको बयान दिएकी छन्। राज कुशवाहा नै हत्याका मुख्य योजनाकार भएको दाबी मेघालय प्रहरीले गरेको छ। अनुसन्धानका क्रममा राज कुशवाहा पनि मध्य प्रदेशकै बासिन्दा भएको खुलेको छ।

भाडाका मानिसबाट राजा रघुवंशीको हत्या गराएपछि सोनम र प्रेमी राज कुसवाहा उत्तर प्रदेशको गाजीपुर पुगेको र त्यहींबाट प्रहरीले उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

मे ११ मा विवाह गरेका राजा र सोनम मे २०मा हनिमुन मनाउन इन्दौरस्थित घरबाट मेघालय हिडेका थिए। मे २३ देखि उनीहरू एकाएक परिवारसँग सम्पर्कविहीन भएपछि उनीहरूको खोजी भएको थियो । खोजीका क्रममा जुन २ तारिखका दिन २९ वर्षीय राजा रघुवंशी मेघालयस्थित पूर्वी खासी पहाडको वेसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोँचमा मृत भेटिएका थिए।

उनकी पत्नी सोनम अझै बेपत्ता थिइन्। अन्तत: १७ दिनपछि सोनम उत्तर प्रदेशको गाजीपुरमा फेला परेकी हुन्। 
नवविवाहित सोनम आफ्नै पतिको हत्या आरोपमा प्रहरीको नियन्त्रणमा छिन्। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ