Comments Add Comment

काठमाण्डौ महानगरपालिकाद्वारा आजदेखि विशेषज्ञसहित मानसिक स्वास्थ्य सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज बुधबार विशेषज्ञसहित मानसिक स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ। महानगरपालिकाले आव २०८१/८२ को नीति तथा कार्यक्रम अनुसार यो सेवा सञ्चालन गर्न लागेको हो ।

आज जेठ २८ गते बुधबारका दिन शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र बबरमहलमा बिहान १० बजेदेखि १२ बजेसम्म मानसिक स्वास्थ्य सेवा सञ्चालन हुने छ।

सोही स्थानमा असार महिनाको प्रत्येक आइतवार र बुधवार समेत याे सेवा सञ्चालन हुने काठमाण्डौ महानगरपालिकाले जनाएको छ।

एङ्जाइटी, डिप्रेसन, मादक तथा लागू पदार्थको कुलतलगायतका मनोसामाजिक समस्याहरूको उपचार तथा परामर्श हुने महानगरपालिकाले जनाएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ