Comments Add Comment

अस्पताल बनाउँदा ७ करोड झ्वाम्, मधेश प्रदेश सांसदसहित सत्रविरुद्ध मुद्दा

काठमाडौँ । भवन निर्माणका क्रममा अनियमितताको आरोपमा सत्तारुढ दल नेकपा एमाले मधेस प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सांसद ठाकुरसहित १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पतीको हिनामिना, हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित मधेस प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्रकुमार ठाकुर, औरही गाउँपालिका धनुषाका पूर्व अध्यक्ष, व्रह्मदेव यादव, तत्कालीन उपाध्यक्ष मिरादेवी सहनी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर लगायत १७ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूमाथि आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत औरही गाउँपालिकाको देउरीपरवाहमा १५ शैय्याको अस्पताल निर्माणमा अनियमितता भएको आरोप छ ।
 
उनले प्रतिवादीहरूलाई ६ करोड ७९ लाख १२ हजार ३ सय ८३ रुपैयाँ ९८ पैसा बिगो कायम गरी असुल उपर गर्न मागसहित मंगलबार मुद्दा दर्ता गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ