Comments Add Comment

भारतीय गोलभेडा बढ्यो किलोकै २९, आज कुन तरकारी, फलफूलको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

आज प्याज, गोलभेँडा सहितका केही तरकारीको मूल्य बढेको छ भने बोडी, काउली, च्याउसहितका केही तरकारीको मूल्य घटेको छ। धरैजसो तरकारी को मूल्य स्थिर रहेको समितिले जनाएको छ।

हिजोको तुलनामा आज भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो २९ रुपैयाँ बढेको छ।


कालीमाटीमा आज ठूलो नेपाल गोलभेँडा १०४, ठूलो भारतीय गोलभेँडा १०४, सानो लोकल गोलभेँडा ७५, टनेलको गोलभेँडा ८६, रातो आलु ३७, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ४१, लोकल गाँजर ६५, बन्दा १८, स्थानीय काउली ६३, लोकल सेतो मुला ३१, लाम्चो भन्टा २६, डल्ले भन्टा ३६, तने बोडी ३६, मकै बोडी ६७ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि करेला ४९, परबल ४८, घिरौँला ४७, झिँगुनी ५७, हरियो फर्सी लाम्चो ३५, डल्ले फर्सी २७, पाकेको फर्सी ४०, भिन्डी ३८, कन्य च्याउ १९४, डल्ले च्याउ २९०, ब्रोकाउली ७८, न्युरो २७, कुरिलो २७०, सिताके च्याउ ८७०, राजा च्याउ २९४ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।


कालीमाटीमा हिजो ठूलो नेपाल गोलभेँडा १०५, ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ७८, टनेलको गोलभेँडा ८८, रातो आलु ३८, भारतीय रातो आलु ३३, सुकेको भारतीय प्याज ३९, लोकल गाँजर ६६, बन्दा १९, स्थानीय काउली ६९, लोकल सेतो मुला ३१, लाम्चो भन्टा २७, डल्ले भन्टा ३५, तने बोडी ४६, मकै बोडी ६५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि करेला ५०, परबल ४८, घिरौँला ४४, झिँगुनी ५५, हरियो फर्सी लाम्चो ३४, डल्ले फर्सी २६, पाकेको फर्सी ४०, भिन्डी ३८, कन्य च्याउ १७०, डल्ले च्याउ ३२६, ब्रोकाउली ८५, न्युरो २५, कुरिलो २६७, सिताके च्याउ ८५२, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ