काठमाण्डौ । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको अध्यक्षमा अमर थापा निर्वाचित भएका छन्। ओमप्रसाद थपलियालाई १३ मतान्तरले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका अनुसार दुई सय ५६ मत ल्याएर थापा अध्यक्षमा विजयी भएका हुन् । थापाका प्रतिस्पर्धी ओमप्रसााद थपलियाले केवल २१३ मत पाएका छन्।
संगठनको खुला उपाध्यक्षमा भिमसेन बन्जरा र महिला उपाध्यक्षमा यसोदा देवी खरेल निर्विरोध निर्वाचित भएका छन्। खुला महासचिवमा चुडामणि पौडेल र उपमहासचिव खुलामा बाबुराम राई विजयी भएका छन्।