Comments Add Comment

यी सडक छन् आज अवरुद्ध

काठमाण्डौं। बाढीका कारण विभिन्न ५ वटा सडक अवरुद्ध बनेका छन् । नेपाल प्रहरीका अनुसार पहिरोका कारण सिन्धुपाल्चोकस्थित अरनिको राजमार्ग तीन ठाउँमा अवरुद्ध बनेको छ । यस्तै डोल्पास्थित भेरी करिडोर र दार्चुलास्थित गोकुलेश्वर–गलंगा हाइवे सडकखण्ड पनि पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीको भनाइ छ । 

यसैगरी  धनकुटास्थित रवि राके भेडेटार सडक, गुल्मीस्थित कालीगण्डकी करिडोर र जुम्लास्थिति जुम्ला–मुगु सडकखण्ड एकदर्फी बनेको प्रहरीले बुधबार बिहान १० बजेर ४६ मिनेटमा फेसबुकमार्फत जनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ