Comments Add Comment

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आज मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामकी ३९ वर्षीय महिलाको मृत्यु भएको हो ।

लामा थरकी महिलालाई उपचारका लागि मंगलबार बिहान ४ः२० बजेतिर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आकस्मिक कक्षमै बिहान ६ बजेतिर मृत्यु भएको राईले बताए । मृतकलाई श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउनेलगायतका समस्या देखिएपछि सोमबार झापा बिर्तामोडको बिर्तासीटी अस्पतालमा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा कोरोना ९कोभिड–१९० संक्रमण पुष्टि भएको हो ।

अवस्था गम्भीर बनेपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल ल्याइएको थियो । शवलाई प्रहरीको जिम्मा लगाइएको जानकारी नोबेल अस्पताल स्रोतले बताएको छ । इलाम प्रहरीसँग समन्वय गरी नियम बमोजिम प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइसकिएको मोरङ प्रहरीले जनाएको छ ।

कोशी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमित फेला पर्न थालेका छन् । हालसम्म मृतकबाहेक ८ जनामा संक्रमण पुष्टि भइसकेको कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण खरेलले जानकारी दिए । संक्रमितमध्ये झापाका ४ जना र मोरङ तथा इलामका २–२ जना छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ