Comments Add Comment

अस्ट्रेलियामा विमान दुर्घटना हुँदा तीनको गयो ज्यान

काठमाडौं । १३ भदौ, २०७९

अस्ट्रेलियाको उत्तरपूर्वी राज्य क्विन्सल्यान्डमा सोमबार विमान दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । राज्य प्रहरीले विमानमा तीन जना भएको र तीनै जनाको मृत्यु भएको जनाएको हो । हल्का विमान क्विन्सल्यान्डको राजधानी ब्रिस्बेनको पश्चिममा फर्नभेल नजिकैको झाडीमा दुर्घटना भएको हो।

प्रारम्भिक  विवरणअनुसार विमान स्थानीय समयअनुसार बिहान १० बजे डल्बी प्रस्थान गरेको थियो र आरचेर्फीमा अवतरणका निम्ति निर्धारित थियो। अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोको सहयोगमा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ