काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई धरौटीमा छाड्न विशेष अदालतले आदेश गरेको छ । बुधबार विशेष अदालतले नेपाललाई ३५लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
विशेष अदालतका न्यायधीश त्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो ।
पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवम् नेकपा समाजवादीका अध्यक्ष नेपालको संलग्नताको अभियोगमा नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दिएको मुद्दाको सुनुवाई गर्दै बुधबार तीन न्याअयाधीशको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।
भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाल ३५ लाख धरौटी बुझाएर आजै रिहा हुने निकटस्थ स्रोतले बतायो ।