काठमाण्डौ । १४ भदौ, २०७९
महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको महालक्ष्मी महा बचत खाता सञ्चालन गरेको छ । साउन दोस्रो सातादेखि महा बचत खाता सञ्चालनमा ल्याएको महालक्ष्मी विकास बैंकले जनाएको छ ।
महा बचत खातामा बचत खाताहरू मध्ये सबैभन्दा उच्चतम ९% व्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने कुरा बैंकले जनाएको छ । न्यूनतम मौज्दात रु. ५०० मै खाताखोल्न सकिने यस बचत खातामा मासिक व्याज भुक्तानी हुनेछ ।
विगत देखि नै ग्राहक महानुभावको आम्दानीमा उच्च प्रतिफल दिन आफूहरू प्रतिवद्घ रहि आएको बैंकले जनाउँदै आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो । महालक्ष्मीका देशभर छरिएका १०३ शाखाहरु छन्, सोमार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।