Comments Add Comment

'सामूहिक अभिव्यक्तिको माध्यम हरितालिका तीज'

काठमाडौं । १४ भदौ, २०७९

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तिजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्नु भएको छ । यो पर्वले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुत बनाउँदै विद्यमान विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। 

‘नेपाली महिलाहरूले तिज पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुने छ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ ।  तिजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रह छ ।

तिज नेपाली महिलाले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यहरुको पुनर्मिलन, साथी सँगीसँग भेटघाट गरेर आफ्ना सुखदु:ख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत–संगीतका माध्यमबाट मनोरञ्जन लिने बिषयलाई विज्ञानसँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ