Comments Add Comment

प्रहरी महानिरीक्षक सिंह न्यूयोर्क प्रस्थान

काठमाडौं । १४ भदौ, २०७९

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह न्यूयोर्क प्रस्थान गर्नुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी महानिरीक्षक सिंह सोमबार साँझ न्यूयोर्क प्रस्थान गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गतेसम्म सञ्चालन हुने तेस्रो युनाइटेड नेसन्स चिफ्स अफ पुलिस समिटमा सहभागी हुन महानिरीक्षक द्वेय टोलीसहित त्यसतर्फ प्रस्थान गरेका हुन् । 

महानिरीक्षकद्वयसँग प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद सापकोटा रहेका छन् । प्रहरी महानिरीक्षकको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गरेका थिए ।


सम्मेलनका अवसरमा प्रहरी महानिरीक्षक सिंहले अन्य देशका प्रहरी प्रमुखहरुसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।





 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ