Comments Add Comment

पन्ध्र करोड लगानीको पानीजहाज किन अलपत्र ?

काठमाडौं । २१ भदौ, २०७९

नेपालको आफ्नै पानीजहाज चलाउन कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने भन्ने नै निश्चित छैन।

नेपाल सरकारले पाँच दशकदेखिको नेपालका नदी र समुद्रमा पनि आफ्नै पानीजहाज चलाउने सपनालाई मूर्त रूप दिन ललितपुरको एकान्तकुनामा कार्यालय स्थापना गरेको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ फागुन २ गते पानीजहाज कार्यालयको उद्घाटन गर्नुभएको थियो । उद्घाटनमा कार्यालय स्थापना भएपछि ‘केही महिनामै पानीजहाज चढ्न टिकट काटिने’ दाबी प्रधानमन्त्री ओलीको थियो । पानीजहाज कार्यालयका चार वर्ष त्यसै बिते। कार्यालय उद्घाटनसँगै आशावादी भएर केही लगानीकर्ताले पानीजहाजमा लगानी पनि गरे। पन्ध्र करोड रुपियाँभन्दा बढीको लगानीमा नारायणी नदीमा सञ्चालन गर्ने गरी बनाइएको ‘क्रुज’ (एक किसिमको पानीजहाज) लामो समयदेखि नदी किनारमै ‘ग्राउन्डेड’ छ। दुई वर्षअघि नै राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले निर्माण सम्पन्न गरेको सो ‘क्रुज’को नारायणीमा परीक्षण गरिए पनि नियमित सञ्चालनमा ल्याउन सकिएको छैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ