Comments Add Comment

टेलिकमको नाफा ८ अर्ब ३८ करोड

कठमाडौं । २१ भदौ, २०७९

आर्थिक बर्ष २०७८/०७९मा नेपाल टेलिकमले ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । यस बर्ष अघिल्लो वर्षको नाफाको तुलनामा कम्पनीले १७.५४ प्रतिशत बढी आम्दानी गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको असार मसान्तसम्ममा ५.४४ प्रतिशत आम्दानी बढेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ।

कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो। नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ