कठमाडौं । २१ भदौ, २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्मा फिर्ता नागरिकता विधेयक पुन: राष्ट्रपति कार्यालय पुगेको छ । संसदबाट पुरानै अवस्थामा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाईएको हो ।
दुबै सदनबाट पारित भएको विधेयक सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि पुन: राष्ट्रपति कार्यालय पठाइएको हो ।
राष्ट्रपति भण्डारीले साउन २९ गते विधेयकमा पुनर्विचार गर्न आवश्यक रहेको निष्कर्षसहित संसद्मा फिर्ता पठाएकी थिइन् । तर दुबै सदनबाट विधेयक हुबहु पारित गरिएको थियो ।
अब राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने दबाव छ । दोस्रोपटक संघीय संसद्का दुवै सदनले विधेयक पारित गरेर पठाएकाले अब राष्ट्रपतिले अनिवार्य विधेयक पारित गर्नैपर्ने संबैधानिक व्यवस्था रहेको कारण राष्ट्रपति भण्डारी अफ्ठेरोमा परेकी हुन् ।
संसदले आवश्यक पुनर्विचार नगरी विधेयक फिर्ता गरेको कारण राष्ट्रपति नैतिक संकटमा परेकी हुन् ।