Comments Add Comment

परीक्षा नियन्त्रण कार्यालयको गल्ती, विद्यार्थीलाई सास्ती !

काठमाण्डौ । त्रिभुुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले लापर्वाही गर्दा विद्यार्थीले सस्ती भोग्नुपरेको छ ।

त्रिभुवन विश्वविद्यालय मानविकी संकाय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागबाट स्नातकोत्तर तह अध्ययन  गरेको ट्रान्सक्रिप्ट प्रमाणपत्रमा रत्न राज्यलक्ष्मी क्याम्पस उल्लेख गरिएका कारण आफूले सास्ती भोग्नु परेको एक विद्यार्थीले बताईन् ।

विद्यार्थीको प्रमाण-पत्रमा के उल्लेख हुनुपर्छ, हेर्ने र सही तथ्य सहित प्रमाण-पत्र उपलब्ध गराउने परीक्षा नियन्त्रण कार्यालयको दायित्व हो । तर यस्ता गल्ती हजारौं विद्यार्थीका प्रमाणपत्रमा कार्यालयले गर्दा हजारौं विद्यार्थीले सास्ती ब्योहोर्नु परेको छ । 

परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी आफ्नो गल्ती एवम् कमजोरी सच्याउन भन्दा उल्टै विद्यार्थीकै हुर्मत लिन तम्सिने गरेका छन् । 
आमसञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तह उतीर्ण गरीसकेकी विद्यार्थीको प्रमाणपत्रमा अध्ययन गरेको पत्रकारिता विभागभन्दा फरक रत्नराज्यलक्ष्मी क्याम्पसको नाम उल्लेख भएपछी त्यसलाई सच्याउन पापड बेल्नुपरेको उनले १०१ खबरसित बताईन् । उनले अध्ययन गरेको त्रिवि केन्दीय विभाग हो । 
उनले भनिन् “आफूले पढेको कलेज एउटा अनि सर्टिफिकेटमा अर्कै कलेजको नाम आउँदा कति दु:ख झेल्नुपर्‍यो, कुरै नगर्नोस् ।" 

एक ठाउँ पढेको विद्यार्थीको अर्कै क्याम्पसको नाममा प्रमाणपत्र जारी हुनु मानविय त्रुटी हो कि गम्भीर गल्ती ? आजपनि यो तहको गल्ती हुँदा पनिकाका कर्मचारी कार्वाहीको भागिदार हुन्छन् की हुँदैनन् ?
त्रिविविका रजिष्टार प्राडा केदार रिजालले त्रिविवि पनिका एवम् प्रमुख पुष्पराज जोशी जिम्मेवार हुनुपर्ने बताए । 


परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई 'यस्तो लापर्वाही परीक्षा नियन्त्रण कार्यालयले कहिलेसम्म दोहोर्‍याईरहन्छ र विद्यार्थीलाई सास्ती दिन्छ ?' १०१ खबरले सोध्न खोज्दा सम्पर्क हुन सकेन । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ