Comments Add Comment

नेपाल बुद्धिजीवी परिषद् सुर्खेतको अध्यक्षमा थानेश्वर लामिछाने

काठमाण्डौ ।  नेपाल बुद्धिजीवी परिषद् सुर्खेतको अध्यक्षमा थानेश्वर लामिछाने निर्वाचित भएका छन् । सातौं जिल्ला अधिवेसनले लामिछानेको नेतृत्वमा शनिवार नयाँ कार्यसमिति निर्वाचित  गरेको हो ।

नेकपा एमाले निकट जनसंगठन बुद्धिजीवी परिषद जसको  उपाध्यक्षमा  हस्तबहादुर पुलामी, सचिव  महेन्द्रविक्रम बि.सी, सहसचिव  भिमबहादुर रोकाया र कोषाध्यक्षमा  देवेन्द्रकुमार वाग्ले चयन भएका छन् ।

त्यस्तै गरी अधिवेसनले कार्यसमितिको सदस्यमा बेदप्रकाश ढकाल, किरण भण्डारी, जागेश्वर उपाध्याय, शेरबहादुर के.सी, राजु आचार्य, कमल तिवारी, घनश्याम पोख्रेल, माधव सिंह, बिनु कुमारी खड्का, जितबहादुर सारू, ध्रुव कुमार अधिकारी, टीकाराम पौडेल र उपेन्द्र मल्ल चयन भएका छन् ।

निर्वाचित अध्यक्ष लामिछानेले परिषद्लाई चलायमान राख्ने र आगामी आँठौं जिल्ला अधिवेसनमा परिषदलाई नयाँ उचाईमा पुर्‍याउने गरी काम गर्ने प्रतिवद्धता १०१ खबरसित व्यक्त गरे ।



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ