Comments Add Comment

होटल ऋतुराजमा विद्युत सर्ट भएर आगलागी, १४ को मृत्यु, दर्जन बढी घाइते

काठमाण्डौ। कोलकाताको फालपट्टी क्षेत्रको होटल ऋतुराजमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने आगो नियन्त्रणमा आएको जनाईएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला र एक बालक पनि रहेका छन् । साथै, मृतक ११ जना पुरुषमध्ये हालसम्म ८ जनाको पहिचान भएको छ । प्रहरी आयुक्त मनोज वर्माले स्थानीय समयअनुसार राति करिब ८ः१५ बजे ऋतुराज होटलमा आगलागी भएको बताए । जानकारी पाउने बित्तिकै दमकल र प्रहरी टोली घटनास्थलमा पुगेर राहत र उद्धार कार्य सुरु गरेको थियो । दुर्घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ । प्रारम्भिक अनुसन्धानमा होटलको चौथो तल्लामा जडान गरिएको बिजुलीको मिटरमा सर्ट भएर आगलागी भएको खुलेको छ । घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले धेरै मानिसहरू ज्यान बचाउन होटलको छत र झ्यालबाट हाम फालेको बताए । एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ