Comments Add Comment

स्नातकमाथिका विद्यार्थीलाई हप्तामा कम्तीमा २० घन्टा काम !

काठमाडौँ । स्नातक माथि अध्ययन गर्ने विद्यार्थीका लागि सरकारले न्यूनतम हप्तामा २० घण्टा काम उपलब्ध गराउने नीति तथा कार्यक्रम रहेको छ । हप्तामा २० घन्टा न्यूनतम काम उपलब्ध गराउने र विद्यार्थीलाई पढ्नको लागि सहज वातावरण बनाउने सरकारको योजना रहेको शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा छ । सरकारले देशभित्रै उद्यमशीलता प्रवर्द्धन गरी युवाका लागि रोजगारीको अवसर सिर्जना गर्ने नीति तथा कार्यक्रम निर्माण गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्। देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायनलाई न्यूनीकरण गर्ने सरकारको नीति तथा कार्यक्रममा छ। आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने नीति सरकारले लिएको छ। रोजगारी तथा सो अनुसारको ज्यालाको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति रहेको छ। वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति, कानुन र कार्यविधि संशोधन तथा तर्जुमा गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ। यसैगरी स्नातक भन्दा माथि अध्ययन गरिरहेका विद्यार्थीलाई हप्तामा कम्तीमा २० घण्टा काम र न्यूनतम ज्याला तोकेर 'कमाउँदै पढ्दै'को नीति लागू गर्ने सरकारको नीति तथा कार्यक्रममा छ। त्रिवि क्रिकेट मैदानलाई आधुनिकस्तरको क्रिकेट मैदानमा रूपान्तरण गर्ने नीति लिएको सरकारले सार्वजनिक र निजी शैक्षिक संस्थाबीच समन्वय बढाइने समेत बताएको छ । सार्वजनिक र निजी शैक्षिक क्षेत्रबीच सहकार्यको वातावरण बनाउने नीति सरकारले लिएको छ। सार्वजनिक क्षेत्रका थिंक ट्यांक अनुसन्धान केन्द्रहरूलाई समन्वयात्मक ढंगले अघि बढाउने नीति सरकारले लिएको छ। त्यस्तै साइबर सेक्युरिटी तथा एप डेभलपमेन्ट तथा त्यससँग जोडिएका प्रणालीलाई समन्वयात्मक तवरबाट अघि बढाउने नीति सरकारले लिएको छ। बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई ज्ञान र सीपलाई अनुसन्धान तथा वैज्ञानिक जनशक्तिलाई उत्पादन तथा संस्थागत अनुसन्धान अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ