Comments Add Comment

एकदिवसीय क्रिकेटमा हिस्सा बन्न सक्छन् आदिल

काठमाण्डौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान)ले लगाएको प्रतिबन्ध फुकुवा भएको छ। क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै आदिलमाथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो।

अब उनी नेपाली राष्ट्रिय टिममा फर्किने सम्भावना छ। विगतमा समेत राष्ट्रिय टिमबाट खेलिसकेका कारण क्यान र प्रशिक्षकले चाहेमा उनलाई टोलीमा समावेश गर्न सकिन्छ। सोमबार मात्रै आउँदो लिग २ का लागि २५ सदस्य क्याम्प खडा गरिएको छ। अब उनलाई टोलीमा समावेश गर्ने वा नगर्ने क्यानको हातमा छ।

पछिल्लो समयमा भारतमा प्रशिक्षण र खेल खलिरहेका आदिल उच्च लयमा देखिएका छन्। अभ्यास खेल समेत खेलिरहेकाले उनलाई टिममा समावेश गर्नुपर्ने आवश्यकता छ। अबको खेल नेपालले महत्वपूर्ण राष्ट्रसँग महत्वपूर्ण तवरबाट खेल्नुपर्ने हुन्छ। एक दिवसीय स्टाटस बचाउन पनि नेपाली टोली संघर्षरत छ।

अलराउन्डर र अनुभवले भरिएका खेलाडी अभावमा टोली हार व्यहोर्दा ओडीआई स्टाटसमा समेत क्षति पुग्न सक्ने सम्भावना छ। त्यसैले पनि टिममा अनुभवी खेलाडी आवश्यक देखिन्छ। उनलाई २०७९ पौषमा भएको नेपाल टी २० लिगका दौरान स्पट फिक्सिङको आरोप लागेको थियो। क्यानको इन्टिग्रिटी युनिटले आवश्यक छानविन गरेर बुझाएको प्रतिवेदन अनुसार प्रतिवेदन फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ