Comments Add Comment

छुटे राजु मास्टर र बल्छी ध्रुवे

काठमाण्डौं। लामो समयदेखि एकसाथ काम गरिरहेका राजु पौडेल 'राजु मास्टर' र मरिचमान सिंह 'बल्छी ध्रवे' छुटेका छन्। उनीहरूको सम्बन्ध टुटेको खबर बाहिरिरहेका बेला एकसाथ काम गर्ने निर्णयले थप बल पुगेको छ।

'बल्छी'ले निर्देशन एवं अभिनय गर्ने टिभी सिरियल ‘जुठे’ बाट राजु मास्टर बाहिरिएका छन्। उनी यो सिरियलमा ‘गोथे’ नामक पात्रको भूमिकामा देखिदै आएका थिए। सिरियलबाट बाहिरिएको खवर 'राजु मास्टर' आफैले सामाजिक संजालमार्फत जानकारी दिएका हुन्।

आफ्नो सामाजिक संजालमा एक पोष्ट राख्दै उनले लेखेका छन्, ‘जुठे सिरियलको एक पात्र अझै भनौं, साना साना भाइबहिनीहरू र बुढाबुढी भएका बा–आमाहरूको अनुहारमा हाँसो छर्ने एक पात्र ‘गोथे’ । गोथेको यात्रा जुठेमा भने अब टुङ्गिएको छ । आजसम्मको यात्रामा साथ दिने सम्पूर्ण कलाकारज्यू र भगवान रुपी दर्शकहरुलाई मुरीमुरी धन्यवाद दिन चाहेँ ।’

‘जुठेमा गोथे खोज्ने सबै मेरा सानासाना भाइबहिनीहरू र गोथे मन पराउने सम्पूर्ण दर्शकहरुसँग क्षमा माग्न चाहेँ । किनकि अब जुठेमा गोथे हुने छैन । आगामी नयाँ भागहरूको लागि जुठे परिवारलाई शुभकामना,’उनले जोडेका छन् । यसअघि हल्का रमाइलो नामक टीभी सिरियलमा समेत उनीहरू एकसाथ काम गर्थे। पछिल्लो समय सोही सिरियलमा बल्छी मात्र देखिने गरेका छन्।

राजुले सकस नामक नयाँ सिरियल ल्याएका छन्। पछिल्लो समय उनीहरूबीच सम्बन्ध प्रगाढ नभएको बताइन्छ। कुनैबेला मेरी बास्सैबाट चिनिएका उनीहरू एकसाथ काम गर्दै आएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ