काठमाण्डौं। हाँस्य कलाकार सुवोध गौतम चारदिनदेखि अस्पताल भर्ना भएका छन्। उनी चितवनको पुष्पाञ्जली अस्पतालमा उपचाररत छन् । उनलाई युरिन ट्याक इन्फेक्सन भएको अस्पतालले जनाएको छ।
डा. भोजराज अधिकारीका अनुसार उनको अहिलेको अवस्था सामान्य छ । भोली डिस्चार्ज गर्ने तयारी भइरहेको छ। कलाकार सुवोध हेटौडामा भएको एक कार्यक्रम सकेर काठमाडौं फर्कने तयारीमा थिए ।
