Comments Add Comment

गभर्नर नियुक्तिको लफडा नयाँ मोडमा, भट्टको राजीनामा स्वीकृत नगर्ने अभिव्यक्ति दिँदै कामु गभर्नर

काठमाण्डौं। दुई महिनादेखि खिचातानीका कारण रोकिएको गभर्नर नियुक्ति नयाँ मोडमा पुगेको छ। सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसको भागबन्डा नमिल्दा रोकिएको गभर्नर नियुक्तिमा नेपाल राष्ट्र बैंकको कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको अडानले नयाँ मोड लिएको छ।

उनले यसअघि कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिएको राजीनामा कुनै पनि हालतमा स्वीकृत नगर्ने अडानबाट नहटेसँग गभर्नर नियुक्ति झनै बिलखबन्दमा परेको हो। उनलै भट्टलाई सत्तारुढ कांग्रेस गभर्नर बनाउने संकेत देखाएको छ। तर कांग्रेस सभापति देउवाको योजनामा तिम्सिना बाधक बनेकी छन्। उनले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन अटेर गर्दै उनले कार्यकारी निर्देशकबाट डा। गुणाकर भट्टले बैशाख ५ गते दिएको राजीनामा स्वीकृत गरेकी छैनन् । प्रधानमन्त्री ओलीले डा। भट्टलाई गभर्नर बनाउन गठबन्धनमा सहमती भएकाले राजीनामा स्वीकृत गर्न दिएको निर्देशन अटेर गरेको स्रोतहरुको दाबी छ ।

‘प्रधानमन्त्रीज्यूले पनि नीलमलाई राजीनामा स्वीकृत गर्न निर्देशन दिनुभएको थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘तर, म्याडमले मान्नु भएन ।’ केही दिनअघि अर्थमन्त्री विष्णु पौडेलले पनि काम गभर्नर नीलमलाई भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । ‘मैले ४ वर्ष डेपुटी गभर्नर भएर कार्यकारी निर्देशकका रुपमा डा. भट्टलाई काम लगाएकी छु, उहाँलाई धेरै निर्देशन दिएकी छु, अब म उहाँको अन्डरमा बसेर कसरी काम गर्न सक्छु?’ नीलमले अर्थमन्त्री र प्रधानमन्त्रीलाई प्रतिप्रश्न गरेकी छन् । गुणाकरलाई गभर्नर बनाउने भए आफूले राजीनामा दिने भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीलाई कार्यकारी निर्देशकलाई गभर्नर नबनाउन चेतावनी दिइरहेकी छिन् ।

राष्ट्र बैंकका कर्मचारीहरुले भट्टको राजीनामा सम्बन्धमा राखेको जिज्ञासामा नीलमले ‘गुणाकर भट्टको राजीनामा स्वीकृत गर्नु भनेको मैले मेरै राजीनामा स्वीकृत गर्नु हो, म किन आफ्नो राजीनामा आफैं स्वीकृत गर्छु र ?’ भन्ने गरेकी छन्, ‘जस्तोसुकै दबाब झेल्न तयार छु ।’

‘नीलम म्यामले आफ्नो हातले गुणाकर सरको राजीनामा गर्नै नसक्ने बताउनु हुन्छ,’ एक कर्मचारीले भने, ‘गुणाकरजीलाई रोकियो भने आफू गभर्नर बन्न सकिने र कांग्रेसकै भागमा परे पनि आफ्ना काका पर्ने ज्ञानेन्द्र ढुंगाना गभर्नर बन्नसक्ने आँकलन गर्दै म्याडमले अडान कायमै राखेको देखिन्छ ।’ नबिल बैंकबाट राजीनामा दिएर ज्ञानेन्द्र गभर्नर बन्ने प्रतिस्पर्धामा छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेका छन् भने देउवापत्नी समेत रहेकी परराष्ट्रमन्त्री आरजू राणा देउवाले भने ज्ञानेन्द्रका बारेमा पनि लबिङ गरिरहेकी छिन् । यता आरजूले ज्ञानेन्द्र ढुंगानालाई पनि गभर्नर बनाउन सकिने भनिरहँदा ज्ञानेन्द्रकी भतिजी पर्ने कामु गभर्नर नीलमले राजीनामा स्वीकृत नगरी बसेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ