काठमाण्डौ । सिन्धुली तीनपाटन-८ का कृष्णप्रसाद अधिकारीको ७० बर्षको उमेरमा निधन भएको छ । उपचारकै क्रममा अधिकारीको काठमाण्डौमा सोमबार राती १ बजे निधन भएको हो ।
रक्त क्यान्सरको उपचार गराईरहेका अधिकारीलाई केही समय अघि मात्र न्युमोनिया भएपछि हस्पिटल भर्ना गरिएको थियो । उनको भक्तपुर क्यान्सर हस्पिटलमा उपचार भैरहेको थियो ।
दोस्रो स्टेजको क्यान्सर देखिएको उनलाई न्युमोनिया भएपछि उपचार प्रभावित भएको र निधन हुन पुगेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
उनका श्रीमती, दुई छोरा, एक छोरी छन् । जेठ छोरा सन्तोष अधिकारी बैदेशिक रोजगारको लागि प्रवासमा छन् भने कान्छा विकास अधिकारी अधिवक्ता हुन् ।
