Comments Add Comment

साइपाल एकेडेमी र प्रोलिफिक माविको गैरकानूनी कनेक्सन

काठमाण्डौ । कक्षा १२ को २०८१ को प्रश्नपत्र आउट गर्ने साइपाल एकेडेमी र २०८० सालमा नक्कली परिक्षार्थी खडा गरी परीक्षामा सहभागी गराउने प्रयास गर्ने प्रोलिफिक माविबीच अचम्मको कनेक्सन देखिएको छ । १०१ खबरले बिहिबार साइपाल एकेडेमीबाट प्रश्नपत्र बाहिरिएको समाचार प्रकाशित गरेको थियो ।

शुक्रबार साइपाल एकेडेमीका प्रधानाध्यापक गणेश जोशी, संज्ञा खतिवडा, जीवनकुमार मडै र रोशन श्रेष्ठलाई आवश्यक अनुसन्धानका लागि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट पाँच दिन म्याद थप गरी प्रहरी हिरासतमा राखिएको समाचार प्रकाशित भएलगत्तै अर्को तथ्य खुलेको हो ।

काठमाण्डौ महानगरपालिका वडा नं ४ स्थित साइपाल एकेडेमीबाट कक्षा १२को होटल म्यानेजमेन्टको प्रश्नपत्र बिहिबार आउट भएको थियो । इन्स्ट्राग्राममार्फत साइपाल एकेडेमीबाट प्रश्नपत्र आउट भएको खुलेको हो । त्यसै गरी गत साल प्रोलिफिक मावि र साइपाल एकेडेमीबाट एकै विद्यार्थीले दोहोरो रजिश्ट्रेसन भरेको खुलेपछी अनुसन्धानमा तानिएको छ ।

प्रोलिफिक माविका पाँच विद्यार्थीको नक्कली परिक्षार्थी खडा गरिएको पाइएपछी राष्ट्रिय परीक्षा बोर्डले पाँचै विद्यार्थीको परीक्षा नै रद्ध गरेको थियो । प्रशान्त बिष्ट नामका एक विद्यार्थीको परीक्षा रद्ध भएपनि साइपाल एकेडेमीबाट बिष्टले अर्को रजिस्त्रेसन नम्बरबाट कक्षा ११ र १२ दुबै परीक्षामा सहभागी भै उतिर्ण भएको समेत तथ्य भेटिएको छ ।

विकेश न्यौपाने, मुकेश चन्द, तिलबहादुर महत र दीपक महतको प्रवेश-पत्रमा अर्कै व्यक्तिको फोटो टाँसिएको थियो । तिलबदुर महत, दीपक महत प्रोलिफिकका प्रधानाध्यापक गोपालबहादुर महतका सहोदर भाइ भएको समेत बताईएको छ ।

हाल प्रोलिफिक मावि र साइपाल एकेडेमी कानूनी रुपमा एक नभए पनि प्रोलिफिक मावि, साइपाल एकेडेमी मर्ज गरी साइपाल एकेडेमीका रुपमा सञ्चालन भएको देखिन्छ । नियामक निकाय काठमाण्डौ महानगरपालिका, शिक्षा विभागको अनुमति बिना मर्ज गरि गैरकानूनी रुपमा सञ्चालन गरिएको भेटिएको छ । साविकको प्रोलिफिक माविलाई साइपाल एकेडेमी उल्लेख गरिएपनि भवनभित्र प्रोलिफिक मावि उल्लेखित बस नै सञ्चालनमा रहेको तथ्यबाट दुवैको कनेक्सन प्रष्ट हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ