Comments Add Comment

राजावादीलाई ओलीको जवाफ: प्रतिगामी सपना कुनै जेठमा पूरा हुँदैन

काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा नहुने बताएका छन्। राजावादीहरूले जेठ १५ गतेदेखि शुरू गर्न लागेको आन्दोलनतर्फ लक्षित गर्दै प्रधानमन्त्री ओलीले सपना पूरा नहुने बताएका हुन् ।

‘यो जेठ १५ त परै जाओस, अबको कुनै पनि जेठ १५ भित्र प्रतिगामी सपना ब्युताउँन सकिँदैन, अब त्यो सपना छाडेर देश विकासमा लाग्नुहोस्’ प्रधानमन्त्री ओलीले भने, ‘प्रणालीभित्रै बसेर शान्तिपूर्ण तरिकाले आफ्ना कुरा राख्न पनि म अनुरोध गर्दछु ।’

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राजावादीहरूले जेठ १५ गतेदेखि गर्ने भनेको प्रदर्शनको औचित्य नभएको पनि बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ