Comments Add Comment

नवदुर्गामा पार्टी प्यालेसमा राजावादीको भेला, १५ जेठ देखि आन्दोलन !

काठमाण्डौं । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा बसेको छ।

बैठकमा संयोजक सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीलगायत उपस्थित थिए।

जेठ १५ गतेदेखि गर्ने तय भएको 'जनआन्दोलन' बारे बैठकमा छलफल भएको थियो। बैठकले जेठ १५ गतेदेखि सुरू हुने काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलनमा पार्टी, संस्था, अभियानका सबै संरचनाहरू परिचालन गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

साथै आन्दोलन प्रारम्भ हुनुभन्दा केही दिनअघि उपत्यकामा प्रचारात्मक अभियान सञ्चालन गर्ने, यसको सुरू जेठ ८ गते काठमाडौंको साँखुबाट हुने निर्णय भएको छ।

आन्दोलनमा आम उपत्यकावासीको सहभागीताका लागि टोल टोलमा घरदैलो, कोणसभा र जागरणका विविध गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको पनि श्रेष्ठले जानकारी दिए।

आइतबार बिहान सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा समितिको आयोजनामा विभिन्न ४४ वटा दल, संस्था, समूह र अभियानको संयुक्त बैठक पनि बसेको थियो। राजसंस्था पुनर्स्थापना, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीलगायत एजेन्डामा राजावादीहरूले 'जनआन्दोलन' गर्ने घोषणा गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ