काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगमा नेपाल बार एसोसिएसनले प्रमाण उपलब्ध गराएको छ । यी प्रमाणले महाभियोग पुष्टि हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित प्रमाण उपलब्ध गराएको हो ।
महाभियोग आरोप पुष्टि गर्ने प्रमाण भन्दै एसोसिएसनले समितिलाई बुझाएको पत्रमा २४ बुँदा छन् । एशोसिएसनले प्रधानन्यायधिश जबरालाई हटाइनुपर्ने भन्दै लामो समय आन्दोलन गरेको थियो ।
यसअघि महाअभियोग सिफारिस समितिले जबरा विरुद्धको प्रमाण माग गर्दै नेपाल बार एशोसियसनलाई पत्राचार गरेको थियो ।
तत्कालिन् प्रधानन्यायधिश चोलेन्द्र शमसेर जबरालाई समितिले यही भदौ १५ गते जवाफ दिन समितिले बोलाएको छ ।