Comments Add Comment

सुनको मूल्य ५ हजारले बढ्यो, कति पुग्यो मूल्य ?

काठमाण्डौं। स्थानीय बजारमा सुनको मूल्य एकैपटक पाँच हजार रुपैयाँ बढेको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको छ । अघिल्लो दिन एक हजार ९४० रुपैयाँमा कारोबार भएको प्रतितोला चाँदीको मूल्य एक हजार ९९० रुपैयाँ पुगेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ