Comments Add Comment

राजावादीलाई रास्वपाको जवाफ: राजावादी आन्दोलनलाई सघाउन सकिदैन

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजावादीको आन्दोलनमा आफ्नो पार्टीको कुनै सहयोग नहुने स्पष्ट गरेको छ । गणतन्त्रको विपरित आफ्नो पार्टी जान नसक्ने भन्दै रास्वपाले राजा फर्काउनेबारे सोच्न पनि नसक्ने स्पष्ट गरेको छ ।

राजावादी दल राप्रपाले आन्दोलनमा सहयोग गर्न आग्रहसहित रास्वपालाई पत्राचार गरेको थियो । जवाफमा आफूहरुले कुनै सहयोग हुन नसक्ने बताएको रास्वपा सहप्रवक्ता मनिष झाले बताए ।

राप्रपाले राजतन्त्र पुर्नस्थापनाका लागि भन्दै आगामी जेठ १५  गतेबाट आन्दोलन घोषणा गरेको छ । झाले प्रणाली सञ्चालक र उनीहरुका तौरतरिकाप्रति आफूहरुको असहमति रहेपनि गणतन्त्रको विपक्षमा आफूहरु नरहेको स्पष्ट गरे ।

पूर्वराजा ज्ञानेन्द्र शाहले गठन गरेको जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले रास्वपालाई पत्राचार गर्दै आन्दोलनमा सघाउन भनेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ