पाल्पा । तिनाउ गाउँपालिका-३ स्थित तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा बेपत्ता भारतीय नागरिकको शव फेला परेको छ।नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले १८ वर्षीय किशोर सोयव अन्सारीको शव फेला पारेको हो।
जेठ ८ गतेदेखि हराइरहेका भारतको नौतुना घर भएका सोयव अन्सारी नेपाल भ्रमणका लागि आएका थिए।
उनको शव नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटवलबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले शुक्रबार दिउँसो करिब पौने ३ बजे फेला पारेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
