काठमाण्डौं। डोल्पाको ठूली भेरी नगरपालिका१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको छ।
पूर्वी रुकुम जिल्ला मैकोट गाउंपालिका र डोल्पाको काइके गाउंपालिका तथा ठूली भेरी नगरपालिकाका स्थानियहरु बिच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई अन्दाजी ६००र७०० जनाको संख्यामा रहेकाहरु बिच आपसी झडप भएको हो सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार झडपको स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं।४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको सुरक्षाफौजले एसएलआर बाट २ राउण्ड हवाई फायर गरेको छ । अहिले त्यहाँको अवस्था सामान्य रहेको छ।
