Comments Add Comment

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन सुर्खेतको अधिवेसन सम्पन्न

सुर्खेत  । पिपिएलए सुर्खेतको तेस्रो जिल्ला अधिवेसन जेठ १० गते शनिबारका दिन सम्पन्न भएको छ ।अधिवेशनले कानुन व्यावसायी मोतिराम शर्मालाई अध्यक्षमा चयन गरेको छ ।

अधिवेशनका प्रमुख अतिथी कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता एवम् पिपिएलए सुर्खेतका संस्थापक अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमालले कानून व्यवसायीले कानुनी जटिलता अध्ययन गरी गम्भीर भएर साँचोलाई साँचो र झुठोलाई झुठो सावित गर्न सक्नुपर्ने औल्याउनुभयो । कानून व्यवसायीले इमानदारीपूर्वक पेसागत मर्यादाको पालना गर्नुपर्ने र न्याय दिन अन्योल हुने विषयमा तत्काल नयाँ कानुन बनाएर जनतालाई सुविधा उपलब्ध गराउनुपर्ने जनाउनु भएको थियो ।


विशेष अतिथी नेकपा एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटा जनवर्गीय सङ्गठनका रूपमा क्रियाशील प्रगतिशील तथा पेसागत कानुन व्यवसायी सङ्गठन नेपाल (पिपिएलए) ले योजना बनाई जनताका लागि पहुँचयोग्य न्याय सम्पादनमा सहयोग गर्नुपर्नेमा जोड दिदै सुर्खेत पिपिएलएले गर्दै आएको कार्यमा खुसी व्यक्त गर्नुभएको थियो । अधिवेशनका बीचमा मुख्यन्यायधिवक्तालाई  नेकपा एमालेका सुर्खेत अध्यक्ष कुलमणि देवकोटाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
पिपिएलएका केन्द्रीय उपमहासचिव रामबाबु बिसी, केन्द्रीय सदस्य तथा नेपाल कानुन व्यवसायी परिषद्का पार्षद मातृकाप्रसाद खनाल, पिपिएलएका केन्द्रीय सदस्य हस्तराज रेग्मी लगायतले सम्मेलन सफलताको शुभकामना दिनुभएको थियो ।

सम्मेलनमा सांगठनिक प्रतिवेदन सचिव  मोतिराम शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जागेश्वर नेपालले प्रस्तुत गर्नुभएको थियो  ।  अध्यक्ष नारायण नाथ योगीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सम्पूर्ण सम्बद्ध विद्वान् मित्रलाई हार्दिक धन्यवाद ज्ञापन, नेतृत्व विकास गर्दै हस्तान्तरण गर्दै जाने मनसायले नयाँ साथीहरू नेतृत्वमा आउन सहयोग गर्ने र आफू अर्को समितिमा काम गर्ने गरी तयारीमा लागेको विचार व्यक्त गर्नू भएको थियो  ।

 सम्मेलनले १३ जनाको समिति बनाउने म्याण्डेट दिए अनुसार  हाललाई ९ जनाको कार्यसमिति बनाइएको र बाँकी ४ जना नव प्रवेशी सदस्यबाट पूर्ति गरिने जनाइएको छ । जसमा हाल सर्वसम्मतिले गठित कार्यसमितिमा अध्यक्ष  मोतिराम शर्मा, उपाध्यक्ष रत्न बहादुर भण्डारी, सचिव  खगेन्द्र बहादुर खनाल, कोषाध्यक्ष प्रेमबहादुर फडेरा, सदस्य  डम्बर थापा , कमल लम्साल, दीपेन्द्र खत्री, निरादेवी माङ्मु, नवराज चयन हुनुभएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ