Comments Add Comment

 युवा संघमा क्षितिज थेवे र सुमन पुरीबीच भिडन्त

काठमाण्डौं। युवा संघ नेपालको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी समूहबीच प्रतिस्पर्धा हुने भएको छ। सहमतिको प्रयास विफल भएपछि आइतबार क्षितिज र सुमनले दलबलसहित उम्मेदवारी दर्ता गराएका हुन्।

निर्वाचन समितिले आइतबार ढिला गरी प्रतिनिधिहरुको नामावली प्रकाशन तथा उम्मेदवारको मनोनयन खुल्ला गरेसँगै सवैभन्दा पहिला क्षितिजले उम्मेदवारी दर्ता गराएका हुन्। अन्तिम समयमा अहिले सुमनले पनि आफ्नो उम्मेदवारी दर्ता गराएपछि युवा संघको दशौं महाधिवेशन प्रतिस्पर्धात्मक हुने भएको हो। 

मतदान कार्यक्रम भने सोमबार बिहान ८ बजेबाट सुरु हुने निर्वाचन समितिले जनाएको छ।

क्षितिजलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै उम्मेदवारको रुपमा प्रस्तुत गरिँदा प्रत्यासी सुमनलाई चाहिँ वर्तमान महासचिव शंकर पोखरेल समूहको साथ रहेको युवा संघका नेताहरुले दाबी गरेका छन्। 

दुई समूह बन्ने भएपछि १ हजार ७ सय ५३ जना प्रतिनिधिहरु पनि विभाजित भएको र दुवै अध्यक्षका उम्मेदवारले प्यानलसहित नै प्रतिस्प्र्धा गर्ने पनि ती नेताले बताए।


यद्यपि, दुवै समूहले अहिलेसम्म प्यानल चाहिँ सार्वजनिक गरेका छैनन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ