मुक्तक
गलेर ढल्यो,आशाको त्यान्द्रो मायाको सानो बोट
गोलिले हान्दा के दुख्थ्यो मन वचन मै रहेछ खोट
लेखेको रहेछ मिल्ने यो भाग्यमा नहुनी देखेको ;
धनिलाइ रैछ माया र प्रेम दुखिलाइ चोटै चोट
मुक्तक
तिमी छौ र पो ढुकढुकि चल्दै छ अचेल!
ढलेको वृक्षमा पनि फल फल्दै छ अचेल!!
समाजको पट्टि भित्र निसासिँदो मौन जीवन;
तिम्रै साहाराले अनगिन्ती चोट छल्दैछ अचेल!!
मुक्तक
पोख्न कहाँ सकियो र? मनका सबै हालहरु
सवाल बनि खडा हुँदा चुनौतीका पर्खालहरू
खुकुरीको चोट सहनु अचानोको धर्म सम्झी;
टालो हाली खाप्सियोले सिउँदै छु ती प्वालहरू