त्रिभुवन विश्वविद्यालयको परीक्षावर्ष २०८१ सालको स्नातक तहको चौथो वर्षको विभिन्न संकायको परीक्षा यहि जेठ ५ गतेबाट सुरु भएको थियो । शिक्षाशास्त्र संकायको चौथो वर्षको अनिवार्य विषय कक्षा शिक्षणको परीक्षा जेठ ६गते थियो सो विषय अनिबार्य भएकाले सबै विद्यार्थीले पढ्नुपर्ने विषय हो । त्यसपछिका विषय भने मेजरका रुपमा अध्ययन गरिने भएकाले विद्यार्थीहरु आआफ्नो मेजरमा बाँडिन्छन् । आ–आफ्नो मेजरका दिनमा परीक्षा दिन्छन् । काठमाडौँ शिक्षा क्याम्पसले परीक्षा नियमावली विपरीतको गैह्रकानूनी हर्कत यहि सबै जना विद्यार्थी बढी उपस्थित भएको मौका छोपि परीक्षार्थीलाई परीक्षाहलमा डिस्टर्व गर्दै आन्तरिक प्रयोजनको लागि भन्दै यो फारम हाम्रो आन्तरिक प्रयोजनको लागि हो भरिदिनुहोला भन्दै भनेर विद्यार्थीको नाम र नम्बर संकलन गरिएको हो । मैले पटक–पटक उक्त कार्य परीक्षा नियमावली विरुद्ध भएकोले हामी विद्यार्थीलाई डिस्टव गरी नाम नम्बर संकलन नगर्नुस भन्दा पनि त्यस दिनकी ३०३ नम्बरकी गार्डले अटेर गरेर फारम भराएकी हुन् । । गार्डलाई उक्त फर्मेट दिनभन्दा अगाडी रिसेप्निस्टले आएर आफ्नो क्याम्पसको आन्तरिक प्रयोजनको लागि भनेर धेरै भूमिका बाँधेर बुझाएर गइन् । आजको दुनियाँमा त्रिविको परीक्षामा आन्तरिक प्रयोजनको लागि भनेर छुट्टै नाम र सम्पर्क नम्बर सङ्कलन गरिएको मलाई जानकारीमा छैन । म पनि स्वयं शिक्षाशास्त्र संकायको चौथो वर्षको कक्षा शिक्षण विषयको विद्यार्थी र परीक्षार्थी थिएँ । मलाई विद्यार्थी हुँ भन्न र स्नातकको परीक्षा दिइरहेको छु भन्न लाज लाग्दैन किनभने मैले सुनफूलका, मानव तस्करीको, भूटानी शरणर्थीको, नक्कली सर्टिफिकेटको, नक्कली गोल्डमेडलको, भिजिट भिसाको, रातो पासपोर्टको झोला बोकेको छैन । मैले विश्वविद्यालयको पाठ्यक्रम र पाठ्यपुस्तकको झोला बोकेको छु । विश्वविद्यालयको झोला बोक्न उमेरले छेक्दैन, त्यसैले परीक्षार्थी हुँ भनेर लजाउनु पर्दैन । हरेक व्यक्तिका हरेक समस्या हुन्छन् म मेरो मानसमा जे आयो त्यो बिचार विचार जसरी छिटो लेख्न सक्छु त्यसरी खुला रूपमा गाइड नै सार्न दिए पनि परको वर सार्न सक्दैन त्यो मेरो कमजोरी होला । विश्वविद्यालयको खुला रूपमा गाइड सार्ने परीक्षा प्रणालीका कारण म पटक पटक असफल भएको छु । तर व्यावहारिक जीवनमा सफल भएको छु । म मैले त्रिविको काठमाडाँैमा दिएका केही परीक्षाको उदाहरण पनि दिन्छु । सुरुमा मेरो चौथो वर्षको नियमितको परीक्षा २०७८को परीक्षा हो । त्यो परीक्षाको मेरो केन्द्र रिचमण्ड कलेजमा परेको थियो । त्यहाँका कोठा नै साना थिए अनि त्यहि पढ्ने स्कुले छात्रा गार्ड थिइन् । मैले सुरुमै गार्डलाई प्रश्न गरेँ तपाई के विषय पढाउनुहुन्छ म्याम भनेर अनि यहि तालले परीक्षा लिनुहुन्छ भनेर प्रश्न गर्दा चोरेर पास हुँने सहपाठिहरूले म्यामलाई इरिटेसन नगराउनुन भने म लेख्ने मान्छे तिमीहरू मलाई डिस्टव नगर्नू भनेँ मैले जे जे जाने लेखेँ सायद उत्तर उल्टो भयोहोला त्यो विषय लागेर आयो ।
परीक्षा वर्ष २०७९ को दोस्रो परीक्षा जनमैत्री कलेज कुलेश्वरमा दिएँ त्यहाँ पनि परीक्षा बिग्रेको लेख्दै जानकारी भयो त्यहाँको परीक्षा मध्यम खालको थियो । चिट सार्ने पनि कला हो रे त्यहाँ खुला त थिएन कला प्रयोग गर्नेले गरेका थिए । तेस्रो २०८०को शहीद स्मारक कलेज कीर्तिपुरमा थियो त्यहाँको वातावरण मानाँै त्यो परीक्षा केन्द्र होइन भेडी गोठ हो हामी खोरमा हुलिन लागेका भेडा बाख्रा हौँ । न त शौचालय छ न त पानीको व्यवस्था छ । अनि भित्र सक्नेले गाइड सारेको छ । मोबाइल हेरेका छन् मेरो अगाडीका त कुनै क्याम्पसका विद्यार्थी नेता थिए ढुक्कले मोबाइल हेर्थे गार्डले देखेर पनि नदेखे झेँ गर्नुको विकल्प थिएन । शहीद स्मारकले आफ्नो कलेजमा ठाउँ नभएर भ्याली टिउसन सेन्टरको टहरा भाडामा लिएर हामीलाई अर्को ब्लक भनेर झुक्याएर त्यहाँ राखेको थियो । यस्तो तालको पनि परीक्षा हुन्छ उपकुलपति ज्यू?यस्ता क्याम्पसलाई पनि तपाई केन्द्र दिनुहुन्छ ? त्यस भोली पल्टको परीक्षा अनुसन्धान विधिको थियो । त्यस परीक्षामा बेन्च नजिकै एक छात्रा थिइन् सुरुमै खस््याक खुसुक गरेर चिट तान्न लागिहालिन् । अँझ दाइ साइनो लगाइहालिन् मैले अब परीक्षा दिन सकिदैन भनेर गार्डलाई अलग राखिदिन भनेँ मलाई अगाडि अलग्गै सिट मिलाईयो । मैले आपूm जानेको लेखेँ फेरी पनि उत्तर नै मिलेन होला त्यो विषय लागेर आयो । यस वर्ष मेरो चौथो परीक्षा हो । त्यो परीक्षाको केन्द्र काठमाडौ शिक्षा क्याम्पस सतुङ्गलमा थियो । मानौँ त्यो परीक्षा नै होइन गाइड सार्ने र कक्षाकोठामा छलफल गरी शिक्षक विद्यार्थी र सहपाठी शिक्षण जस्तो छलफल गरिरहेका छौँ । सिट प्लानमा एक बेन्चमा तीन जना परीक्षार्थी राखिएको थियो । परीक्षार्थीका लागि विद्यार्थीको हाजिरी पहिलो प्राथमिकता हो तर त्यहाँ हाजिरी भन्दा अगाडी विद्यार्थीको नाम र सम्पर्क नम्बर सङ्कलनलाई पहिलो प्राथमिकता र महŒव दिइयो । तीं नाम सङ्कलन गर्दा प्रत्यक विद्यार्थीको अगाडी गएर सङ्कलन गर्ने गार्डले मुल अति आवश्यक पर्ने परीक्षार्थीको हाजिरीमा मतलव नगरेर जसरी प गरुन् भनेजसरी स्वतन्त्र छोडिदिइन् । त्यहाँ मोबाइल चलाइएको पनि खोजिएन र झन् उल्टै मोबाइल राखेका विद्यार्थीसँग त प्रश्न उत्तरको छलफल गर्दे मस्किदै सम्बाद गर्दै जान प थालिन् कोठा नम्बर ३०३ की गार्ड नानी । मैले यसरी गार्ड हुँन नसक्ने भए तपाई अर्को गार्ड राख्नु भन्दा अलिकता हल्ला कम भयो । हाजिरी भन्दा फरक किन नाम सङ्कलन गरियो भन्दा क्याम्पस प्रमुख शत्रुधनप्रसाद गुप्ताले यो विषय हाम्रो विषय हो गेटआउट भनेर धम्की दिए । आइतबार ११गते फेरी सोद्दा सोद्दा तपाई परीक्षा दिन आउनुभएको की पत्रकारिता गर्न आउनु भएको भाई भनेर जवाफ नदिएर फोन राखे । उनले पहिलो दिन थप आवश्यक भए सूचना अधिकारीसँग सोध्नु भनेर पठाएका थिए तीं व्यक्तीले म त्यो हाजिरी पाना लिएर आउँछु भनेर प्रशासनमा आए तर फर्केर आएर उल्टै गोलमोटल जवाफ दिदै मलाई कन्भिन्स गर्न थाले । कले भरायो थाहा नभएको भन्दै भन्न थाले । नाम थाहा नभएकी रिसेस्निस्टले नाम संकलनको फारम भराउँन कक्षा कोठामा फारम लिइर डुलाएकी थिइन् । यो विषय यतिमै सिमित रहेन महेन्द्ररत्न क्याम्पसकाका एक जना विद्यार्थीले धम्कीको भाषामा तपाइले मेरो अङ्कललाई अभद्र व्यवहार गर्नुभयो तपाइमाथी कार्वाही हुन्छ भनेर गुण्डा शैलीमा भने मैले जवाफ दिएँ अभद्रको शिक्षा ऐन २०२८ अनुसार दफा १७को १को (क) (च) अनुसार ६ महिना कैद र एक लाख रुपैँया जरीमाना वा दुबै सजाए हुन सक्ने प्रावधान रहेको छ । क्याम्पस प्रशासनलाई अभद्र व्यवहार गरेकाले परीक्षाको मर्यादा पालन नगरेको भनेर मुद्धा चलाउन लाउनु भनेर जवाफ दिएँ उनले फोन राखे । त्यसपछि फेरी महेन्द्ररत्नको सरकारी क्याम्पसको नुन खाने तर महेन्द्ररत्नमा प्रवेश परीक्षा पास गरेका विद्यार्थीको सम्पर्क नम्बर संकलन गरी तीं विद्यार्थीलाई काठमाडौँ शिक्षा क्याम्पसमा भर्नाका लागि बोलाउँने शुल्क पनि छुट गर्ने आश्वासन दिने स्वास्थ्य विषयका शिक्षक ओम जोशीले मनोवैज्ञानिक धम्कीको भाषामा माइण्ड वास गरे । उनी यत्तिमा रोकिएनन् भोलिपल्ट काठमाडौँ शिक्षा क्याम्पसमा परीक्षा सकिएपछि क्यान्टिनमा आएर हामी एकै ठाउँका तपाई कीर्तिपुरमा बस्ने म कीर्तिपुरमा बस्ने म तपाईको शिक्षक तपाई विद्यार्थी भन्दै यस्तो चिट गरेको फोटो हालिदिनुभयो भनेर फेरी धम्की दिन थाले । उनको नजरमा उनको क्याम्पसको बोराका बोरा चिट समातिनु र गाइड सार्ने परीक्षा प्रणाली ठिक हामी त्रिविको परीक्षा सुधार र मर्यादित बनाउनु पर्छ भन्ने व्यक्ति गलत भयौँ जस्तो गरी कन्भिन्स गर्दै थिए । उनको यो कर्तुत बाहिर आउँने भएपछि बचाउको लागि त्रिवि पनिका प्रमुख पुष्पराज जोशीलाई हाजिर डाउनलोड गर्न नसकेको कारण अर्को कपि हाजिर लगाएकोसम्म रिपोर्टिङ गर्न भ्याए छन् ।
भोलिपल्ट ७ गते बिहान मैले पनिका प्रमुख जोशीलाई सबै त्यहाँको तथ्यगत बिबरण जानकारी गराएपछि त्रिवि पनिकाको अनुगमन टोली निदाएको बेला बिउझाई दिएपछि उहाँलाई अनुगमन टोलीलाई झोक पनि चल्यो होला । अनुगमन टोलीका एकजना शिक्षकले सिढींमा उल्टै ममाथि टार्गेट गरे र झोला बाटोमा पढ्दै गरेको किताब तयारी सामग्री जफत गरेर क्याम्पस चिफको कोठाबाट लैजानु भने । मेरो मोबाइल किताब र पुस्तकालयमा अध्ययन गरेको तयारी सामग्री बाटोमै मानौ म अपराधि हौँ जसरी छिनालेर क्याम्पस चिफको कोठामा लगे । मलाई झन् परीक्षा अवधिभर तनाव भयो । मैले क्याम्पसको फोटो खिचेको थिएँ । मेरो बोबाइलको प्राइभेसी हेर्नलाई थुतेको र मेरो मोबाइलको डिभाइस सबै गोप्यता भङ्ग हुने भय मलाई परीक्षा अवधिभर रहिरह्यो । मैले उहाँको नाम गोप्य राखेँ त्यस्तो रहेनछ अघिल्लो दिनको परीक्षाको अमर्यादित हर्कत सार्वजनिक भएपछि बल्खुबाट छड्के अनुगमन टोलीमा रहेछन् । मलाई जिम्मेवार ठानेर कतै अन्त सामान हराउला भनेर मैले सुरक्षित राखिदनलाई लिएको हुँ त्यस्तो सोच्न पर्दै र दोस्रो दिन दुई बोराजति गाइड र चिट समातिएको र धेरैजनाको उत्तरपुसितका थुतिएको उनले जनाए । काठमाडौका अन्य ठाउँमा पनि परीक्षा गतिविधिभन्दा मर्यादा विपरीत गर्ने क्याम्पसमा छड्के अनुगमनमा कार्वाही परेका छन् भने अनि मात्र म ढुक्क भएँ । यहि माझमा पनिका बल्खुको टोली आएर परीक्षाको मर्यादा बिपरित कार्य गर्ने २० बढीको उत्तरपुस्तिका थुतेर लगेको जाकारीमा आयो । यस विषयलाई त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बुझ्दा आपूmले भन्न नमिल्ने त्यहाँभन्दा अन्त पनि टोली गएको थियो । केहि गोप्यता हुँने भएकाले त्यस्तो गतिविधि गर्नेलाई नतिजाकोबेला मात्रै रद्ध गरिएको जानकारी हुँने जनाए । त्यसदिनको गोप्य जानकारीमा आए अनुसार काठमाडौ शिक्षा क्याम्पसबाट जोशीले भन्न नमिल्ले भने पनि २० भन्दाबढीको उत्तरपुस्तिका काठमाडौँ शिक्षा क्याम्पसबाट बल्खुको अनुगमन टोलीले जफत गरी लगेकाले तीं परीक्षार्थीको त्यसदिनको परीक्षा स्वतह रद्ध हुँने विश्वस्त श्रोतले जनाएको छ । परीक्षा नियन्त्रक जोशीलाई काठमाडौँ शिक्षा क्याम्पस प्रशासनले मिसलिड गरेर आन्तरिक प्रयोजन वा अनलाइन हाजिरी डाउनलोड हुँन नसकेको जानकारी गराएछ । मैले त्यो विषय त्यस्तो नभएर चौथो वर्षका विद्यार्थी पास भएपछि मास्टर्स अध्ययन गर्ने भएकाले तीनलाई प्रत्यकलाई फोन गरेर आफ्नो कलेजमा भर्ना गर्न आउँन आश्वासन दिनका लागि राखिएको नम्बर भएकाले क्याम्पसलाई अर्को जवाफ नभएकाले नियन्त्रक जोशीलाई मिस लिड गरिएको रहेछ । त्रिवि परीक्षाका संयोजक प्रा.डा. केदार रिजालाई यहि विषय जानकारी गराउँदा त्रिविको परीक्षामा अर्को पानामा हाजिर गराउँने निर्देशन नभएको यस्तो दोहोरो हाजिर लाउँने निर्देशन नभएको बताए कतै निर्देशन नभएको विषय क्याम्पसको परीक्षाको बिचमा सबै विद्यार्थीको किन नाम र सम्पर्क नम्बर संकलन गरियो यो गैह्रकानुनी हर्कत होकि होइन ? मैले उल्टो परीक्षा सुधारको पहल गर्ने म माथी नै अनुगमनका हिक्षकले यस्तो व्यवहार किन गर्नूभयो भन्दा त्यो उदेश्यले नहोला भनेर जोशीले बताए । जोशीले केही गोप्यता हुने भएकाले अहिले सबै भन्न नमिल्ने र नतिजाको बेला जानकारी हुँने जनाए । यस्तो गाइड सारेर पास हुँने शिक्षा प्रणाली नबदलेसम्म शिक्षाको स्तर बढ्दैन त्यसैले यस्तो शिक्षाको स्तर कसरी सुधार गर्न सकिएला हाम्रो पालामा शिक्षा र त्रिवि सुधार जरुरी रहेको छ । जसरी पनि त्रिवि र शिक्षा हाम्रै पालामा हामीले नै सुधार्नु रहेको छ । फेरी महेन्द्ररत्न ताहाचलका स्वाथ्य विषयका शिक्षक ओम जोशी क्यासिव्टनमा भेटिए मैले एक चिचिली नानीलाई देखाएर यीं नानी के विषय पढाउछन् सर हाम्रो गार्ड थिइन् भन्दा के भयो त गार्ड भए भनेर उल्टै प हप्काउँछन् । चिचिलालाई गार्ड राखेको छ उल्टै हामीलाई हप्काउँने । यहि पाराले त्रिविको शिक्षा प्रणाली सुधार हुन्छ ? उनी त्यतिमा रोकिएनन् आपूmपनि यो क्याम्पसको विभागको प्रमुख भएकाले जिम्मेवारी रहेको जनाए मैले पनि जिम्मेवारी भएपछि जस अपजसको पनि जिम्मेवारी लिन्छन् की लिदैनन् चिचिला विद्यार्थीलाई गार्ड किन राखेका हुन् । विद्यार्थीलाई गार्ड किन राखेका हुन् ।आङ्गिकमा नाम निकालेको सम्पर्क नम्बर सङ्कलन गर्दै सामुदायिक क्याम्पसमा भर्ना हुँन किन प्रेरित गर्छन् त्रिविको नियमावली अनुसार कार्बाहीको भागिदार हुन्छन् की हुँदैनन् ? अन्तमा केही सुझाव यस्तो गाइड सार्ने शिक्षा प्रणाली बन्द गरौँ कुलपति ज्यू, उपकुलपतिज्यू, रेक्टर ज्यू, रजिष्टारज्यू विभिन्न संकायका डिनज्यू, परीक्षा नियन्त्रक ज्यू र शिक्षाको हिमायति भन्ने विभिन्न र्सगठनका विद्यार्थी नेताहरू र स्वतन्त्र विद्यार्थी युनियनका सभापतिज्यू, विद्यार्थी नेताहरू, सिनेटरहरू र शिक्षालाई सुधार गरौँ भन्न चाहने शिक्षाप्रति सरोकार राख्ने सरोकारवालाहरू सबैमा यक्ष प्रश्न राखदै बिदा भएँ । लेखक ः गोरखापत्र राष्ट्रिय दैनिकमा बहुभाषिक पृष्ठ ‘खश जुम्ली’ भाषाका पृष्ठ संयोजक एवम् नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय सदस्य हुन् उनी विशेष गरी खोज पत्रकारीतामा दख्खल राख्छन् ।