Comments Add Comment

विपक्षीको अडानले चलेन संसद् बैठक, भोलिसम्मका लागि स्थगित

काठमाण्डौं। प्रतिपक्षी दलको अवरोधका कारण प्रभावित प्रतिनिधि सभा बैठक भोलिलाई सारिएको छ। 

गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले संसद अवरुद्ध गरेका हुन्। संसद चल्न नसकेपछि सभामुख देवराज घिमिरेले बिहान बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। तर विपक्षीको अडान यथावत् रहदा भोलिलाई सारिएको हो।

त्यसपछि सूचना जारी गर्दै दिउँसो साढे २ बजे बस्ने भनिएको संसद बैठक पनि सुरु हुन नसकेको हो। अहिले संसद सुचारु गराउन सभामुख घिमिरेको कार्यकक्षमा सबै दलका प्रमुख सचेतक र सचेतकहरूबीच छलफल भइरहेको छ।

बैठकमा गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ। रास्वपा माओवादीलगायतका दलले भने जवाफ दिनुभन्दा राजीनामा दिएर मानव तस्करीमा लागेको आरोप छानबिनका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ